भारतमा सडक दुर्घटनामा परी सात श्रद्धालुको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            भारत - भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
उक्त दुर्घटना राज्यको जबलपुर जिल्लामा भएको हो ।
मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।
स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १९:५४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    