Harsamaya
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना: तीन जनाको मृत्यु, १८ गम्भीर घाइते
सांकेतिक तस्वीर : हर समय/Har Samaya

सुर्खेत - सल्यान जिल्लामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा शनिबार साँझ भएको उक्त दुर्घटना वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको गाडी वडा नम्बर १० धाइरेमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै ज्यान गएको छ। घाइते १८ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update