Harsamaya
भारतमा मिनी बस दुर्घटना हुदाँ १० जनाको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

एजेन्सी - दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा  खसेर मिनी बसेर दुर्घटना हुँदा  कम्तीमा दश जनाको मृत्यु हुनुका साथै अन्य  घाइते भएको अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ ।

छिमेकी राज्य केरलाबाट तमिलनाडुमा घुम्नका लागि आएका मानिसहरु बोकेको मिनिबस दुर्घटना ग्रस्त भएको जनाइएको छ । 

आकाशवाणीका अनुसार दुर्घटना हुँदा भ्यानमा केरलाका १६ जना यात्रुहरु सवार रहेका थिए ।

दुर्घटनाको कारण हाल सम्म थाहा हुन नसकेको  उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको गहन अनुसन्धानको सुरुवात गरी सकेकोे बताएको छ । 


 

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update