Harsamaya
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भईरहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भूभाग लगायत बाँकी हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update