Harsamaya
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ।

काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्।

प्रहरीले जबरालाई काठमाडौंस्थित निवासबाट पक्राउ गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीविरुद्ध परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै पक्राउ गरेको बताइएको छ।

जबराको पक्राउको विस्तृत कारण, उनीमाथि लगाइएको आरोप तथा कुन मुद्दामा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ।

जबराले २०७५ पुसदेखि २०७९ मङ्सिरसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए। प्रधानन्यायाधीश रहेकै समयमा उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो।

उनीमाथि न्यायपालिकामा भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियालाई पहुँच दिएको तथा कार्यपालिकासँग सौदाबाजी गरेकोलगायत २१ आरोप लगाइएको थियो।

उनको कार्यकाल २०७९ मङ्सिरमा सकिएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update