Harsamaya
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

मनाङ - नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन् । 

मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update