Harsamaya
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - सल्यानमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा कुमाख गाउँपालिका ५ ​झारकाँडा बस्ने ३२ वर्षीय धनबहादुर थापा छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update