काठमाडौं - कृषि तथा पशुपन्छी विकासले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास गीता मन्त्री चौधरीको निर्देशमा मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल र तीन हजार नौ सय ४५ रुपैयाँ प्रतिक्विटल मूल्य निर्धारण गरिएको कृषि मन्त्रालयले जनाएको छ ।
यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो । १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ ।
गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ आठ पैसा वृद्धि भएको हो । गत आर्थिक गत वर्षमा गहुँको मूल्य तीन हजार आठ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धान दुई हजार आठ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो ।
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

