काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कानुन संकाय, डीनको कार्यालयले तीन वर्षे स्नातक (एलएलबी) प्रथम वर्षमा भर्नाका लागि प्रवेश परीक्षा आवेदन खुला गरेको छ।
शैक्षिक सत्र २०८२/०८३ का लागि सञ्चालन हुने प्रवेश परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। संकायले विभिन्न आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा गरी कुल ३ हजार ८ सय सिट निर्धारण गरेको जनाएको छ।
काठमाडौंस्थित नेपाल ल क्याम्पस मा सबैभन्दा धेरै ६०० सिट रहेको छ भने पृथ्वीनारायण क्याम्पस, पोखरा –३०० सिट, महेन्द्र बहुमुखी क्याम्पस, धरान –३०० सिट, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज –३०० सिट, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज –३०० सिट, बुटवल बहुमुखी क्याम्पस, बुटवल –३०० सिट बाँडफाँट गरिएको छ।
सूचना अनुसार प्रवेश परीक्षाका लागि आवेदन २०८२ पुस ३० गतेदेखि अनलाइनमार्फत भर्न सकिनेछ। यस सम्बन्धी थप विवरण कानून संकायको आधिकारिक वेबसाइट www.fol.edu.np मार्फत प्राप्त गर्न सकिने जनाइएको छ।
प्रवेश परीक्षा सञ्चालन समितिले इच्छुक विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।


