काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।
महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ ।
कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राती कोशी कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

