Harsamaya
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा ६ जना नियुक्त गरेको छ । सरकारले योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो ।

नवनियुक्त आयोग सदस्यहरूमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल छन् । थापा भौतिक मन्त्रालयको सचिवबाट अवकास प्राप्त हुन् ।

आचार्य अर्थशास्त्रका प्राध्यापक हुन् । गौचन विकास र र योजनासम्बन्धी अध्येता हुन् । यस्तै, अर्याल शिक्षाविद् हुन् । प्रा.डा. झा इन्जिनियरिङ क्षेत्रका प्राध्यापक हुन् । यस्तै, डा. मल्ल गैरसरकारी क्षेत्रमा क्रियाशिल थिए । मल्ल नेपाल लिडरसिप एकेडेमीमा आबद्ध थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update