Harsamaya
५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर (सूचीसहित)
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयले चैत २०, २३, २५ र २६ गतेको विभिन्न मन्त्रीस्तरीय निर्णयअनुसार कुल ६८ जना राजपत्राङ्कित कर्मचारीहरूको सरुवा र पदस्थापना गरेको हो।

सरुवा भएका उपसचिवहरूलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) का रूपमा र विभिन्न मन्त्रालय, विभाग तथा आयोगहरूमा जिम्मेवारी दिइएको छ।

त्यसैगरी, १८ जना शाखा अधिकृतहरूलाई गृह मन्त्रालय, लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update