Harsamaya
भारतले आफ्ना नागरिकलाई भन्यो - इरानबाट तुरुन्त बाहिरनू
भारतीय रप्रधानमन्त्री ।

एजेन्सी - इरान स्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त बाहिरन आव्हान गरेको छ ।

दूतावाससँग पूर्व परामर्श र समन्वयबिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिदै दूतावासका आपतकालीन नम्बरहरू समेत सार्वजनिक गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामको घोषणा गर्दै र इरानको १० बुधे प्रस्ताव वमोजिम  इरानमाथि बम विस्फोट र आक्रमण अभियान स्थगित गर्ने घोषणा गरे पछि यो आव्हान आएको हो ।

इरानले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाको आक्रामकता बिना हर्मुजमा इरानको नियन्त्रणको निरन्तरताका साथै महत्त्वपूर्ण विश्वव्यापी तेल निर्यात विन्दु सहित प्रमुख सिद्धान्तहरूमा प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।

सबैभन्दा महत्त्वपूर्ण बुधा भने इरानको आणविक कार्यक्रमको विषय हो जुन लामो समय देखि दुई राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय बीच विवादको केन्द्रबिन्दु बनेको छ । तेहरानले  यस कार्यक्रमका सबै प्रतिबन्धहरू हटाउने लगायत आर्थिक राहतको आह्वान गरेको छ, जसले वर्षौंदेखि इरानको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ ।

यसै गरी तेहरानले द्वन्द्व अवधिमा भएको क्षतिको लागि इरानलाई क्षतिपूर्तिको भुक्तानी गर्न आह्वान गर्दै वित्तीय क्षतिपूर्तिका लागि जोड दिएको छ । इरानले आफ्नो क्षेत्रबाट अमेरिकी लडाकू सेना फिर्ता लिन र लेबनानसहितका क्षेत्रमा युद्धको अन्त्य गर्न माग गरेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update