Harsamaya
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक।

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ ।

बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन वटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update