Harsamaya
गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको गयो ज्यान‚ नौ जना घाइते 
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा बोलेरो पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपमा सवार ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो जीप अचानक ब्रेक फेल भएर स्थानीय फूलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नारायण अधिकारीले घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा पुर्‍याइएको र उपचार भइरहेको जानकारी दिए ।

उनका अनुसार जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा र मीना सनामीको अवस्था गम्भीर छ । अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।घाइतेमध्ये २ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update