Harsamaya
मदिरा  पिएर सवारी हुँइक्याइरहेका नौ चालक कारबाहीमा
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । 

उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन् । उनले रासससँग भने, ‘हामीले आज बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ । सार्वजनिक यातायातका  साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेको सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ ।’ 

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update