Harsamaya
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरुङलाई बुधबार पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजात समेत पठाउन लगाई विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update