Harsamaya
प्रतिनिधिसभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने तय भएको छ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन्।

कांग्रेस सभापति गगन थापा लगायत शीर्ष नेताहरू निर्वाचनमा पराजित भएकाले दलको नेता चयन नभएसम्म आङ्देम्बेले सम्बोधन गर्ने तय भएको जनाइएको छ।

यस्तै, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सम्बोधन गर्नेछन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले समेत बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

पहिलो बैठकमा दलगत धारणा सार्वजनिक गर्ने र आगामी संसदीय कार्यसूचीबारे प्रारम्भिक छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update