धादिङ - माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि धादिङबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाभर तोकिएका २४ वटा परीक्षा केन्द्रमार्फत कुल ५ हजार ४६ जना विद्यार्थी परीक्षा दिने तयारीमा छन् ।
जसमध्ये ४ हजार २४६ जना नियमित तथा ८ सय जना ग्रेड वृद्धि तर्फका विद्यार्थी रहेका छन्। सबैभन्दा धेरै विद्यार्थी नीलकण्ठ नगरपालिका क्षेत्रका केन्द्रहरूमा देखिएका छन्, जहाँ नीलकण्ठ बालमन्दिर, पशुपति मावि लगायतका विद्यालयमा उच्च सङ्ख्यामा परीक्षार्थी रहनेछन् ।
त्यस्तै, त्रिपुरासुन्दरी, गजुरी, थाक्रे, धुनिवेशी, बेनिघाट रोराङ, गल्छी, ज्वालामुखी, गङ्गाजमुना र रुबी भ्याली गाउँपालिकामा पनि परीक्षा केन्द्र तोकिएका छन् ।
जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिने तयारी गरिएको छ। स्थानीय तह तथा सम्बन्धित निकायहरूले परीक्षा शान्त, व्यवस्थित र मर्यादित बनाउन आवश्यक तयारी अघि बढाएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ परीक्षा केन्द्र विवरण :
१) श्री च्याम्रादेवी मा.वि., रुवी भ्याली-३ (विद्यालय कोड २६१४८) : १२५ जना (७२ नियमित र ५३ ग्रेड वृद्धि तर्फ)
२) श्री वच्छलादेवी मा.वि., खनियाबास–५ (विद्यालय कोड २६०१६) : २०७ जना (१६५ नियमित र ४२ ग्रेड वृद्धि तर्फ)
३) श्री मण्डली मा.वि., गङ्गाजमुना–५ (विद्यालय कोड २६००४) : १५२ जना (११७ नियमित र ३५ ग्रेड वृद्धि तर्फ)
४) श्री सल्यानटार मा.वि., त्रिपुरा सुन्दरी - १ (विद्यालय कोड २६०७७) : १३२ जना (१२६ नियमित र ६ ग्रेड वृद्धि तर्फ)
५) श्री रानीपौवा मा.वि., त्रिपुरासुन्दरी - १ (विद्यालय कोड २६०१५) : १५५ जना (१३७ नियमित र १८ ग्रेड वृद्धि तर्फ)
६) श्री अचने मा.वि., त्रिपुरासुन्दरी–७ (विद्यालय कोड २६००८) : २६९ जना (२४२ नियमित र २७ ग्रेड वृद्धि तर्फ)
७) श्री महेन्द्र बाराही मा.वि., नेत्रावती डबजोङ -५ (विद्यालय कोड २६०२८) : १२१ जना (११३ नियमित र ८ ग्रेड वृद्धि तर्फ)
८) श्री नीलकण्ठ बालमन्दिर मा.वि.,नीलकण्ठ न.पा.-३ (विद्यालय कोड २६००२) : २९६ जना (२७६ नियमित र २० ग्रेड वृद्धि तर्फ)
९) श्री धादिङ आवासीय मा.वि.,नीलकण्ठ न.पा.-३ (विद्यालय कोड २६०४७) : १९७ जना (१८८ नियमित र ९ ग्रेड वृद्धि तर्फ)
१०) श्री चिल्ड्रेनपार्क आवासीय मा.वि.,नीलकण्ठ न.पा.-३ (विद्यालय कोड २६०६०) : २५६ जना (१९१ नियमित र ६५ ग्रेड वृद्धि तर्फ)
११) श्री देउराली मा.वि.,नीलकण्ठ न.पा.-८ (विद्यालय कोड २६०७३) : १८२ जना (१७८ नियमित र ४ ग्रेड वृद्धि तर्फ)
१२) श्री पशुपति मा.वि., नीलकण्ठ न.पा.-१२ (विद्यालय कोड २६०६९) : ३५२ जना (२८१ नियमित र ७१ ग्रेड वृद्धि तर्फ)
१३) श्री सुनखानी मा. वि., ज्वालामूखी-६ (विद्यालय कोड २६०८४) : १७५ जना (१५३ नियमित र २२ ग्रेड वृद्धि तर्फ)
१४) श्री शमीभञ्ज्याङ मा.वि., ज्वालामूखी-३ (विद्यालय कोड २६००७) : १८३ जना (१६२ नियमित र २१ ग्रेड वृद्धि तर्फ)
१५) श्री मिन्दुका मा.वि., सिद्दलेक-१ (विद्यालय कोड २६०३५) : २२५ जना (१७० नियमित र ५५ ग्रेड वृद्धि तर्फ)
१६) श्री चन्द्रोदय मा.वि., बेनिघाट रोराङ–५ (विद्यालय कोड २६००९) : १६८ जना (१४८ नियमित र २० ग्रेड वृद्धि तर्फ)
१७) श्री वागेश्वरी मा.वि., बेनिघाट रोराङ -३ (विद्यालय कोड २६०१९) : २६७ जना (२४६ नियमित र २० ग्रेड वृद्धि तर्फ)
१८) श्री आर्दश मा.वि., गजुरी - १ (विद्यालय कोड २६००१) : २६७ जना (२३४ नियमित र ३३ ग्रेड वृद्धि तर्फ)
१९) श्री जनकल्याण मा.वि.,गल्छी–४ (विद्यालय कोड २६०७२) : २१४ जना (१६२ नियमित र ५२ ग्रेड वृद्धि तर्फ)
२०) श्री वागेश्वरी मा.वि., गल्छी-६ (विद्यालय कोड २६०१४) : १३७ जना (९२ नियमित र ५२ ग्रेड वृद्धि तर्फ)
२१) श्री महाकाली मा.वि., थाक्रे–२ (विद्यालय कोड २६०१३) : ३३२ जना (२८१ नियमित र ५१ ग्रेड वृद्धि तर्फ)
२२) श्री जनजागृति मा.वि.,थाक्रे–६ (विद्यालय कोड २६०९५) : २०५ जना (१७८ नियमित र २७ ग्रेड वृद्धि तर्फ)
२३) श्री मच्छिन्द्र मा.वि., धुनिवेशी न.पा-७ (विद्यालय कोड २६००५) : २७५ जना (२१७ नियमित र ५८ ग्रेड वृद्धि तर्फ)
२४) श्री महेशधर्म मा.वि., धुनिवेशी न.पा-३ (विद्यालय कोड २६०११) : १५४ जना (११७ नियमित र ३७ ग्रेड वृद्धि तर्फ)




