Harsamaya
एसईईमा सिन्धुपाल्चोकका ३ हजार ८४३ विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित)
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोक।

सिन्धुपाल्चोक - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुपाल्चोक जिल्लाबाट ३ हजार ८४३ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ३ हजार ३४४ र ग्रेडवृद्धितर्फ ४ सय ९९ जना विद्यार्थी सहभागी हुनेछन् । आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाभर १८ वटा परीक्षा केन्द्र तोकिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका सूचना अधिकारी प्रकाश रानाभाटका अनुसार सबैभन्दा बढी विद्यार्थी जाल्पादेवी मावि बाहुनेपाटी केन्द्रमा सहभागी हुनेछन् । जुन केन्द्रबाट ३४८ जना विद्यार्थीले एसईई दिनेछन् ।  त्यस्तै इन्द्रेश्वरी मावि मेलम्चीमा ३३४ र जनजागृति मावि साँगाचोकमा ३०२ विद्यार्थीले परीक्षा दिनेछन् ।

यस्तै कृष्ण रत्न गंगा मावि चौतारा केन्द्रमा २६९ विद्यार्थी सहभागी हुनेछन् भने यसै केन्द्रमा प्राविधिक धारतर्फ २०२ विद्यार्थीले पनि परीक्षा दिने रानाभाटले जानकारी दिए । 

अन्य केन्द्रहरूमा पनि ८९ देखि २४४ जनासम्म विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जिल्लामा शान्तिपूर्ण र व्यवस्थित रूपमा परीक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिएको सम्बन्धित निकायले जनाएको छ । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ परीक्षा केन्द्र विवरणः
१) झिर्पु मावि, फुल्पिङकट्टी (विद्यालय कोड २३०२८) : ११७ जना (१०३ नियमित र १४ ग्रेड वृद्धि तर्फ)
२) प्रा. प्याराडाइज मावि, बाह्रविसे (विद्यालय कोड २३०७१) : १६४ जना (१५४ नियमित र १० ग्रेड वृद्धि तर्फ) 
३) शारदा मावि, बाह्रविसे (विद्यालय कोड २३००९) : २२३ जना (२०७ नियमित र १६ ग्रेड वृद्धि तर्फ)
४) सेतीदेवी शारदा मावि, पाङ्ग्रेटार (विद्यालय कोड २३०२२) : २४४ जना (२०५ नियमित र ३९ ग्रेड वृद्धि तर्फ)
५) बालशिक्षा मावि, खाडिचौर (विद्यालय कोड २३०४९) : १५२ जना (१४३ नियमित र ९ ग्रेड वृद्धि तर्फ)

६) महेन्द्रोदय मावि, थुम्पाखर (विद्यालय कोड २३०२०) : ८९ जना (६३ नियमित र २६ ग्रेड वृद्धि तर्फ)
७) ककलिङ हरिसिद्धि मावि, ठूलोपाखर (विद्यालय कोड २३०१२) : १३६ जना (१२३ नियमित र १३ ग्रेड वृद्धि तर्फ)
८) रत्नराज्य मावि, बराम्ची (विद्यालय कोड २३०२४) : १६८ जना (१४३ नियमित र २५ ग्रेड वृद्धि तर्फ)
९) आनन्द मावि, जलविरे (विद्यालय कोड २३००२) :  १५५ जना (११२ नियमित र ४३ ग्रेड वृद्धि तर्फ)
१०) कृष्ण रत्न गंगा मावि, चौतारा (विद्यालय कोड २३००१) : २६९ जना (१९८ नियमित र ७१ ग्रेड वृद्धि तर्फ)
     [प्राविधिक धार तर्फ जम्मा २०२ जना (१६२ नियमित र ४० ग्रेड वृद्धि तर्फ)]

११) ज्ञानमन्दिर नमूना मावि, मेलचौर (विद्यालय कोड २३०३३) : २४० जना (२०४ नियमित र ३६ ग्रेड वृद्धि तर्फ)
१२) जनजागृति मावि, साँगाचोक (विद्यालय कोड २३००६) : ३०२ जना (२६७ नियमित र ३५ ग्रेड वृद्धि तर्फ) 
१३) राजेश्वरी मा.वि., सिपापोखरे (विद्यालय कोड २३०३२) : १२७ जना (११४ नियमित र १३ ग्रेड वृद्धि तर्फ)
१४) ऐंसेलुखर्क मा.वि., बाडेगाउँ (विद्यालय कोड २३०१०) : १४७ जना (१२२ नियमित र २५ ग्रेड वृद्धि तर्फ) 
१५) जाल्पादेवी मा.वि., बाहुनीपाटी (विद्यालय कोड २३०१३) : ३४८ जना (३०३ नियमित र ४५ ग्रेड वृद्धि तर्फ)  

१६) इन्द्रेश्वरी मावि, मेलम्ची (विद्यालय कोड २३०२३) : ३३४ जना (३१७ नियमित र १७ ग्रेड वृद्धि तर्फ) 
१७) सरस्वती मावि, ग्याल्थुम (विद्यालय कोड २३००३) : २४० जना (२१६नियमित र २४ ग्रेड वृद्धि तर्फ) 
१८) थाङपालधाप मावि, धाप (विद्यालय कोड २३०२१) : १५३ जना (१४८ नियमित र ५ ग्रेड वृद्धि तर्फ)

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update