Harsamaya
सङ्खुवासभामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना रोशनको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

सङ्खुवासभा - सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । 

पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज विहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय  श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए । 

 प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update