Harsamaya
पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी वायू साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ।

गण्डकी प्रदेशको केही स्थानहरू, तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update