Harsamaya
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ।

काठमाडौं - नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि सुरू हुँदैछ ।

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आव्हानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डा तय गरिएको छ ।

बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update