Harsamaya
योजना अधिकृतको लेक लागेर मृत्यु
सांकेतिक तस्वीरः हर समय/Har Samaya

ताप्लेजुङ - समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशंकर यादवका अनुसार हमाल समृद्ध पहाड संस्थामा योजना अधिकृतका साथै कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनामा पनि कार्यरत थिए ।

कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको उनले जानकारी दिए । 

हमालको शव परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्न एभरेष्ट एयरको हेलिकप्टरमार्फत काठमाडौँं लगिएको प्रहरी निरीक्षक यादवले उल्लेख गरे । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update