Harsamaya
हर्मूज जलसन्धिमा बढ्दो तनावः संयुक्त राष्ट्र संघद्वारा विशेष कार्यदल गठन, ट्रम्पको कडा चेतावनी
हर्मूज ।

काठमाडौं - पश्चिम एसियामा बढ्दो तनावका बीच संयुक्त राष्ट्र संघले हर्मूज जलसन्धिबाट हुने समुद्री आवागमनमा अवरोध आउँदा विश्वभर गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । विशेष गरी मानवीय सहायताका सामग्री र कृषि उत्पादनमा यसको ठूलो प्रभाव पर्ने भन्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एक विशेष कार्यदल गठन गरेका छन् ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार, यस कार्यदलको नेतृत्व युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेसका कार्यकारी निर्देशक जोर्ज मोरेरा दा सिल्भाले गर्नेछन् । कार्यदलमा व्यापार र विकास सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेन अन्तर्राष्ट्रिय समुद्री संगठन र अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका प्रतिनिधिहरू समावेश हुनेछन् ।

यस कार्यदलको मुख्य उद्देश्य हर्मूज जलसन्धिमा मानवीय आवश्यकताहरू पूरा गर्न प्राविधिक संयन्त्र विकास गर्नु हो । यमन र ब्ल्याक सी ग्रेन इनिसिएटिभ जस्ता विगतका संयन्त्रहरूबाट पाठ सिक्दै यसले रासायनिक मल र यसका लागि आवश्यक कच्चा पदार्थको ढुवानीलाई सहज बनाउने लक्ष्य राखेको छ ।

ट्रम्पको विवादास्पद टिप्पणी र इरानलाई चेतावनी
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मूज जलसन्धिलाई ट्रम्पको जलसन्धि भनी सम्बोधन गरेर चर्चा बटुलेका छन् । साउदी अरबमा आयोजित एक लगानी सम्मेलनमा बोल्दै उनले ठट्टाको शैलीमा भने, उनीहरूले ट्रम्पको जलसन्धि खोल्नुपर्छ । 

ट्रम्पले इरान अहिले दबाबमा रहेको र सम्झौताका लागि भिख मागिरहेको दाबी समेत गरे । उनले इरानलाई चेतावनी दिँदै केही दिनभित्रै सो जलमार्ग पूर्ण रूपमा नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी दिएका छन् । सीसीटीभी

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update