Harsamaya
‘प्रोमिस इस अ प्रमिस’कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुदन गुरुङ।

काठमाडौं - गृहमन्त्री सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको घटनालाई न्यायको सुरुवात भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले कानुनभन्दा माथि कोही हुँदैन भन्दै उक्त कारबाही कसैप्रति प्रतिशोध नभई कानुनी प्रक्रिया अनुसार अघि बढाइएको स्पष्ट पारेका छन्। 

उनले राज्यमा विधिको शासन स्थापित गर्न र जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन्।

गुरुङका अनुसार पछिल्लो कदमले देशलाई पारदर्शिता, उत्तरदायित्व र कानुनी शासनतर्फ अगाडि बढाउने विश्वास लिइएको छ। 

उनले लेखेका छन्, ‘ROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’ 

सरकारले जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाको छानबिनपछि पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकमाथि अनुसन्धान अघि बढाएको हो। उक्त घटनालाई लिएर राजनीतिक तथा सार्वजनिक वृत्तमा बहस चर्किँदै गएको छ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update