पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लियो
काठमाडौं - पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट नियन्त्रणमा लिएको हो ।
उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । शुक्रबार बालेन्द्र शाहको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सोही अनुसार राति देखिनै प्रहरीहरू पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निवास र लेखक निवास पुगेको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा हल्चेक्रयाइ गरेको भन्दै कार्की आयोगले ओली र लेखकलगायत उच्च सुरक्षानिकायका अधिकारीलाई फौजदारी कारवाही गर्न सिफारिस गरेको थियो ।
तत्कालीन समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ ०५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

