Harsamaya
रुखले च्यापिएर ७५ वृद्धको मृत्यु

पर्वत- पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आज दिउँसो मृत्यु भएको हो ।

घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा सोही रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याइएकामा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।

रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । दिउँसो ४ः३० मात्रै प्रदेश अस्पतालमा ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update