छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं - देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मलङ्गवा नगरपालिका–४ ढाका बोर्डरस्थित सडकमा सोमबार राति भएको दुर्घटनामा एक, चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोकमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जना र चितवनकै इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा मिक्चर मेसिन बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
यसैगरी,सोमबार राति फलेबास नगरपालिका–४ मुडिकुवामा जिप दुर्घटना हुँदा त्यसका चालक, डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला जिप पल्टिँदा त्यसका चालक त्यसमा सवार दुई जनाको ज्यान गएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२ १४:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

