Harsamaya
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको  पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र  बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update