Harsamaya
सिकारीको गोली लाग्दा नुवाकोटमा घाँस काट्न गएकी महिला गम्भीर
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

नुवाकोट - नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छिन् । 

स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । घटना पश्चात गम्भीर घाइते अवस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ ।

हाल उनी धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत छन् । घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७–१८ जना मानिसहरु मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जङ्गलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । 

प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update