Harsamaya
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी
नेपाल नागरिक उड्डयन प्राधिकरण ।

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आव्हान गरेको छ ।

प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आव्हान गरेको हो ।

प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक/एक जना कर्मचारी मागेको छ । प्रशासनतर्फको प्रबन्धकमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्त गरिने पनि प्राधिकरणले जनाएको छ ।

त्यस्तै उपप्रबन्धकतर्फ प्रशासनमा एक जना र प्राविधिकमा २ जना कर्मचारी माग गरिएको छ । वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आव्हान भएको छ ।

तह ९ र ८ का लागि दरखास्त दस्तुर १६ सय रूपैयाँ, तह ७ र ६ का लागि १२ सय, तह ५ र ४ का लागि ६०० रूपैयाँ तोकिएको छ । थप समूहका लागि सम्बन्धित तहका लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ ।

दरखास्त दिने अन्तिम चैत २६ गतेसम्म तोकिएको छ । त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update