जनकपुर - जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो ।
उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ ।
स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ । शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।
स्थानीयका अनुसार उक्त पुरुष हिजोदेखिनै सोही स्थानको छेउछाउमा डुलीरहेको अवस्थामा देखा परेको थियो ।

