Harsamaya
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आव्हान
प्रतिकात्मक तस्वीर ।

एजेन्सी - चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दो छिटो वार्ता को माध्यामबाट  युद्धविराम गर्ने  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आव्हान गरेका छन् ।  

हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् । 

अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए । 

चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको  समेत लिनले पुष्टि गरे ।  चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update