Harsamaya
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई ।

काठमाडौं - इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन्। ३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत तथा रास्वपाका उम्मेदवार विमल गदालले ९ हजार १ सय ६० मत प्राप्त गरेका छन्।

व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति समेत हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हालेका उनी पूर्वक्षेत्रीय सहसचिवसमेत भइसकेका युवा नेता हुन् ।

शंकरदेव क्याम्पस, काठमाडौंमा लामो समय अध्यापन गराएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका उनी स्कूल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए ।

उनी अध्ययन, अनुसन्धान, समाज सेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै निरन्तर राजनीतिमा सक्रिय छन् ।

इलाम - १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी, अरुको मत कति ?

निश्कल राई (नेपाली कांग्रेस) = 14,543 (विजयी)
विनोद नेम्बाङ्ग लिम्बु (श्रम संस्कृति पार्टी) = 13,632
काजीमान कागते (नेकपा एमाले) = 11,966
विमल गदाल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 9,160
रनबहादुर राई (नेपाली कम्युनिष्ट पार्टी) = 7,665
बुद्ध लाल मेचे (मंगोल नेशनल अर्गनाइजेसन) = 801
ज्वाला नेपाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 577

हरि बहादुर गुरुङ (उज्यालो नेपाल पार्टी) = 481
लिला बहादुर सुनुवार (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 296
नारदमणी साङपाङ्ग (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 165
तुल्सी केशरी प्रजापति (नेपाल मजदुर किसान पार्टी) = 44
राम प्रसाद लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 39
डम्बर सिंह लिम्बु (नेपाल जनमुक्ति पार्टी) = 22

जम्मा मतदाता : १,१२,३१९ [५८,६७३ पुरुष र ५३,६४६ महिला]

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update