Harsamaya
जाजरकोटमा कांग्रेसका खड्गबहादुर बुढा विजयी
नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर बुढा ।

जाजरकोट - नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर बुढा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बुढाले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन परिणाम अनुसार बुढाले २० हजार १४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका छन्।

निर्वाचित बुढा यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा शिवालय गाउँपालिका अध्यक्ष पदमा पराजित भएका थिए। विद्यार्थी राजनीतिबाट उदाएका उनी हाल कांग्रेसको जिल्ला उपसभापति तथा कार्यवाहक सभापतिका रूपमा सक्रिय छन्।

बुढा जाजरकोटको पश्चिम क्षेत्रका उम्मेदवार हुन्। २०५६ सालयता पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार नपाएको अवस्थामा यस पटक उनलाई उम्मेदवार बनाइएकाले पश्चिम क्षेत्रका मतदाताबाट सहानुभूति र समर्थन प्राप्त भएको विश्लेषण गरिएको छ।

जाजरकोट - १ को मत अपडेट :-
खडक वहादुर वुढा (नेपाली कांग्रेस) = 20,142 (निर्वाचित)
शक्तिबहादुर वस्ने (नेपाली कम्युनिष्ट पार्टी) =17,407
डम्बर बहादुर सिंह (नेकपा एमाले) = 16,883
राघब कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) = 2,471
कृष्ण विक्रम शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 359
बल बहादुर मल्ल (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 212

कर्णबहादुर नेपाली (उज्यालो नेपाल पार्टी) = 67
रत्न बहादुर खड्का (राष्ट्रिय जनमोर्चा) = 55
मेघबहादुर ओली (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 38
धनीराम जैसी (नेपाल मजदुर किसान पार्टी) = 25
कमान बुढा मगर (मंगोल नेशनल अर्गनाइजेसन) = 9
जम्मा मतदाता : २,०७,०८९ [५६,७०५ पुरुष र ५०,३८४ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update