सुनसरी - फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बूले छ हजार ४६३ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा विभिन्न १९ दल र सात स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।
सुनसरी-१ को मत अपडेट :-
हर्कराज राई (श्रम संस्कृति पार्टी) = 35,741 (निर्वाचित)
गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) = 27,249
टिकाराम लिम्बु (नेकपा एमाले) = 6,463
सूर्य बहादुर भट्टराई (नेपाली कम्युनिष्ट पार्टी) = 6,185
सुजेन्द्र तामाङ (नेपाली कांग्रेस) = 3,970
उद्धव श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,419
डम्बर लावती (उज्यालो नेपाल पार्टी) = 590
नगेन्द्र बहादुर लिम्वु (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 202
भुपी राई (राष्ट्रिय साझा पार्टी) = 191
नरेश वि.क. (संयुक्त नागरिक पार्टी) = 125
सुबास विश्वकर्मा (स्वतन्त्र) = 107
दिल बहादुर बास्तोला (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 94
राजकुमार लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 83
राजकुमार राई (नेपाली जनश्रमदान संस्कृति पार्टी) = 83
देउमान लिम्बु (स्वतन्त्र) = 74
सुमित राई (स्वतन्त्र) = 69
महेश श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी) = 63
संजय राई (जनता समाजवादी पार्टी, नेपाल) = 53
राम बहादुर विष्ट (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 52
राजेन्द्र गुरुङ्ग (मंगोल नेशनल अर्गनाइजेसन) = 46
जिवन कला राई (स्वतन्त्र) = 37
याम बहादुर लिम्बु (नेपाल जनमुक्ति पार्टी) = 27
रक्ष कुमार राई (मितेरी पार्टी नेपाल) = 17
शेष प्रसाद रेग्मी (स्वतन्त्र) = 17
चेत बहादुर राई (स्वतन्त्र) = 16
ओम कृष्ण उदास (स्वतन्त्र) = 9
जम्मा मतदाता : १,५०,३९२ [७२,१८० पुरुष र ७८२१२ महिला]

