Harsamaya
खोटाङमा श्रम संस्कृति पार्टीका राई  निर्वाचित
खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी ।

खोटाङ -  खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित भएका हुन् । 

 केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले नौ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । 

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ४७७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टी (नेपाल)का सुनिल चाम्लिङले १११, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गरेका छन् । 

स्वतन्त्र उम्मेदवार डा राजकुमार राई २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो ।

प्रत्यक्षतर्फ खसेको मतमध्ये तीन हजार ९२८ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिए । प्रत्यक्षतर्फको गणना सकिएलगत्तै समानुपातिक मतसमेत गणना गर्न सुरु गरिएको छ । 

खोटाङ - १ को मत अपडेट :-
आरेन राई (श्रम संस्कृति पार्टी) = 16,612 (विजयी)
देव विक्रम राई (नेकपा_एमाले) = 12,714
वीरकाजी राई (नेपाली कांग्रेस) = 11,957
हरि रोका (नेपाली कम्युनिष्ट पार्टी) = 9,443
रुद्र गिरी (राष्ट्रिय स्वतन्त्र पार्टी) =5,704
मिरेश राई (राष्ट्रिय परिवर्तन पार्टी) = 947
दिपक तामाङ्ग (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 477
राकेश राई (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 337

चन्द्र बहादुर बुढाथोकी (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 182
सुनिल चाम्लिङ (जनता समाजवादी पार्टी, नेपाल) = 111
तिलक चन्द्र राई (स्वतन्त्र) = 43
प्रयाग राई (मंगोल नेशनल अर्गनाइजेसन) = 32
राजकुमार राई (स्वतन्त्र) = 27
ध्यान प्रसाद ढकाल (नेपाल मजदुर किसान पार्टी) = 26
केशरमान चाम्लिङ (मितेरी पार्टी नेपाल) = 26

जम्मा मतदाता : १,४७,१२० [७७६५६ पुरुष र ६९४६४ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update