मतदातालाई दिए बालेनले धन्यवाद
झापा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा निर्वाचित बालेन्द्र शाहले मतदातालाई धन्यवाद दिएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भएसँगै बालेनले आफ्ना समर्थक र मतदातासमक्ष पुगेर धन्यवाद दिएका हुन् ।
अन्तिम मत परिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले भने १८,७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूबाट प्रमाणपत्र पनि ग्रहण गरिसकेका छन् ।
प्रमाणपत्र लिएसँगै उनले आफ्ना समर्थकहरूसमक्ष पुगेर एउटा ब्यानर देखाए । जहाँ लेखिएको छ, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद, छ ।’
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ १९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

