Harsamaya
सर्लाही १ र २ मा  रास्वपाकी नीतिमा भण्डारी कार्की र  रबिन महतो  विजयी

सर्लाही - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले भारी मतान्तरसहित विजय हासिल गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन्।

अन्तिम मत परिणाम अनुसार भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत पाएका छन्। निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन्।

यसै गरी, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार रबिन महतो विजयी भएका छन्। उनले  ४२ हजार ५१२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

महतोका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतोले ५ हजार ९९२ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार डा. सरोज कुमारले ७ हजार ३९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार नागेश्वर साहले १ हजार ४६३ मत पाएका छन्।

 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update