Harsamaya
गुल्मी–१ र २ मा सागर र गोविन्द विजयी
गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी र गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल।

गुल्मी - प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

ढकालले ३० हजार ४४८ मत प्राप्त गरेर छन् । त्यस्तै ,उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत र नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्।

यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गर्नुरेका हुन् ।

निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६ हजार ९६७ र बिष्टले १६ हजार ४०६ मत प्राप्त गरे । नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गरेका छन् ।

गुल्मी - १ मत अपडेट :
सागर ढकाल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 29,642 (विजयी)
प्रदीपकुमार ज्ञवाली (नेकपा_एमाले) = 15,181
चन्द्रकान्त भण्डारी (नेपाली कांग्रेस) = 13,505
सुदर्शन वराल (नेपाली कम्युनिष्ट पार्टी) = 3,167
शेरबहादुर थापा (राष्ट्रिय जनमोर्चा) = 671
घनश्याम गौतम (स्वतन्त्र) =362
अजित कुमार श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 130
लोक बहादुर थापा (नेशनल रिपब्लिक नेपाल) = 72
खडक वहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) = 39
टोप बहादुर थापा (स्वतन्त्र) = 25
चेतन बहादुर बस्नेत (स्वतन्त्र) = 23
मैया लक्ष्मी त्यात (नेपाल मजदुर किसान पार्टी) = 21
सिखा रेश्मी (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 20
प्रेमलाल भण्डारी (स्वतन्त्र) = 6 | गुल्मी १
लक्ष्मण भण्डारी (स्वतन्त्र) = 6
मेघबहादुर गाहा (स्वतन्त्र) = 4
यम बहादुर श्रेष्ठ (स्वतन्त्र) = 4
कृष्ण बहादुर सुनार (स्वतन्त्र) =1 
सुर्य बहादुर सोनी सुना (स्वतन्त्र) = 1
प्रेम प्रसाद श्रेष्ठ (स्वतन्त्र) = 0
विमल ज्ञवाली (स्वतन्त्र) = 0

जम्मा मतदाता : १,२२,१८६ [५९९१४ पुरुष र ६२२७२ महिला]

गुल्मी - २ मत अपडेट :
गोविन्द पन्थी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 16,967 (विजयी)
गोकर्णराज विष्ट (नेकपा_एमाले) = 16,406
भुवन प्रसाद श्रेष्ठ (नेपाली कांग्रेस) = 14,434
श्रीराम महत (नेपाली कम्युनिष्ट पार्टी) = 3,081
लाल बहादुर थापा क्षत्री (राष्ट्रिय जनमोर्चा) = 354
सन्ते नेपाली (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 223
जनक सेन (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 202
कर्णबहादुर थापा (उज्यालो नेपाल पार्टी) = 123
बेद बहादुर थापा (मंगोल नेशनल अर्गनाइजेसन) = 
भागिरथ थापा (स्वतन्त्र) =30
पदम थापा मगर (नेशनल रिपब्लिक नेपाल) =23
कुमारी हरिकला श्रीस मगर (स्वतन्त्र) =19
लोक बहादुर पुन (स्वतन्त्र) = 9
मालता घिमिरे (स्वतन्त्र) =7
श्री खुविराम आचार्य (स्वतन्त्र) = 6
महेश्वर घिमिरे (स्वतन्त्र) = 5
राम प्रसाद पोख्रेल (स्वतन्त्र) = 4
सरस्वती लम्साल (स्वतन्त्र) = 4
फर्सुराम कडेल (स्वतन्त्र) = 3 
नरेन्द्र प्रसाद रिजाल (स्वतन्त्र) = 3
भुमिराज सापकोटा (स्वतन्त्र) = 2
सुरेन्द्र पाण्डेय (स्वतन्त्र) = 2

जम्मा मतदाता : १०७३६१ [५४४२३ पुरुष र ५२९३८ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update