Harsamaya
म्याग्दीमा स्वतन्त्र उम्मेदवार  महावीर पुनको अग्रता कायमै
म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुन ।

म्याग्दी - म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुनको अग्रता कायमै  छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् ।  

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको बेनीस्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मतगणना जारी  छ । 

मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८४७ मत सहित अग्रता कायम गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको धवलागिरि, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिँदा पुनले  उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा ११ हजार ९९५  बढी  मत ल्याएका छन् । अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ ।  
   
 एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावि प्रतिस्पर्धामा थिए भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update