निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने भएको छ ।
मंगलबार सूचना जारी गर्दै देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
प्राधिकरणले मध्यपूर्व गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने उल्लेख गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२ ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

