Harsamaya
धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते
धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ राखिएको स्थान ।

जनकपुर - धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालक घाइते भएको छ ।

बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको दुई जना स्थानीय बालकको खुट्टाले छोएपछि उक्त बस्तु विस्फोट भएको हो ।

विस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुवै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझीको शरीरका विभिन्न अंगहरुमा सामान्य चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीको एक टोली उक्त स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म विस्फोट भएको वस्तुको यकिन हुन नसकेको धनुषा प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update