विराटनगर - नेपाली काँग्रेसबाट मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् ।
उनीहरुले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन । नागरिक उन्मुक्ती पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर डा. शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उमेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समुहका उमेदवार राम खत्रीले शेखर कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।
अहिलेको अवस्थामा लोकतन्त्र र देशका लागि आफूहरुको भन्दा डा. शेखर कोइरालाको जित आवश्यक रहेको निस्कर्षमा पुगेर आफूहरुले उमेदवारी फिर्ता लिएको जनाएका छन् ।

