Harsamaya
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सांकेतिक तस्विर: हर समय/Har Samaya

मकवानपुर - मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति करिब २०:५० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक मकवानपुर बकैया गाउँपालिका–८ बस्तिपुर निवासी करिब ४० वर्षीय प्रेमबहादुर गोले गम्भीर घाइते भएका थिए ।

घाइते गोलेलाई उपचारका लागि तत्काल हेटाैडा अस्पताल पठाइएको थियो । अस्पताल पुर्याइएको केही समयपछि राति २१:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update