डा. शेखर कोइरालाका यस्ता छन् आठ अठोटहरू
काठमाडौं - नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले अठोट पत्र सार्वजनिक गरेका छन् ।
संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि भन्दै उनले ८ अठोट सार्वजनिक गरेका हुन् । जसमा लोकतन्त्र , सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग, र बाढी समाधान समावेश छन् ।
उनले बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । संविधान संशोधन र पूर्ण कार्यान्वयनका लागि संसद्मा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।
रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र भन्ने नाराका साथ बन्द भएका र कमजोर रहेका उद्योग पुनः सञ्चालनको नीति लिने उनले अठोट पत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२ ०७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

