Harsamaya
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं - पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।  धादिङमा मध्यराति भएको बस दुर्घटनामा  १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ जना  घाइते भएको छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।  

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।

डिआइजी भट्टका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ भने मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update