मेलम्ची - हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यसपालीको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार बंशलाल तामाङ लाई विजयी गराउन सबै मतदातासँग आग्रह गरेका छन्।
उनले जुनसुकै पार्टीसँग आबद्ध भए पनि समग्र क्षेत्र–२ को विकास, स्थायित्व र समृद्धिका लागि सक्षम तथा अनुभवी उम्मेदवारलाई मत दिन आवश्यक रहेको बताए।
शेर्पाले भने, ‘यो निर्वाचन व्यक्तिको क्षमता, इमानदारी र विकासप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्ने अवसर हो। त्यसैले पार्टीगत सीमाभन्दा माथि उठेर क्षेत्रको समुन्नत भविष्यका लागि मतदान गरौं। बंशलाल तामाङलाई जिताऔं।’
उनले विगतमा यस क्षेत्रबाट निर्वाचित भएर गएका केही प्रतिनिधि गाउँ–क्षेत्रको समस्या बुझ्न नआउने, नफर्कने भन्ने ‘ट्याग’ लागेको उल्लेख गर्दै यसपटक त्यस्तो अवस्था दोहोरिन नदिनुपर्ने धारणा राखे।
‘यदि कांग्रेसका उम्मेदवार तामाङ जितेर गएर क्षेत्रमै नफर्के भने म आफैं कराउँछु,’ अध्यक्ष शेर्पाले भने, ‘तर उहाँ आउनुहुन्छ, जनताको काम गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु।’

