काँग्रेसले सरकार चलाएको २०४६–२०५१ स्वर्णिम युग - सभापति थापा
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि २०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन्।
प्रतिज्ञापत्रसम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनले उक्त अवधिमा आर्थिक सुधारका दह्रा पाइला चालिएको र त्यसैको जगमा अहिले पनि मुलुकको आर्थिक विकास टिकेको बताए। समयअनुसार परिवर्तन गर्दै समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
उनले जननायक बिपी कोइरालाले प्रत्येक नेपाली मध्यमवर्गीय स्तरको जीवन बाँच्ने सपना देखेको स्मरण गर्दै कांग्रेस ऐतिहासिक मूल्य र उपलब्धिलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए।
सभापति थापाले मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षको दीर्घकालीन सपना लिएर अघि बढेको पनि दाबी गरे।
प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२ २१:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

